गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा सुनुवाइ सकियो
काठमाडौं-नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको हो।
प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको थियो ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल,प्रतिभा उप्रेती र विशाल थापाले थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।
विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
फेसबुक पेज Like गर्नुहोस