कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय
खबर एक्सप्रेस
२०७७-०९-०५ ०६:११ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ।
आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए। गत वर्ष बलात्कारको आरोप लागेपछि उनको सभामुख पद गुमेको थियो।
आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस