विशेष कारणवश प्रतिनिधिसभा बैठक स्थगित
खबर एक्सप्रेस
२०७८-०९-२१ ०१:५६ मा प्रकाशित
Total Shares: 218
काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोली बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुस २८ गते बस्ने गरी स्थगित भएको हो ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस