नेकपाको एकतामा गम्भीर संकट उत्पन्न : विष्णु पौडेल
खबर एक्सप्रेस
२०७७-०७-१६ ०३:३९ मा प्रकाशित
Total Shares: 375
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट आएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अर्थमन्त्री समेत रहेका पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको बताएका हुन् । उनले एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोधसमेत गरेका छन् ।
‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ ।’ उनले भनेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्ता नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस