शनिबार नेकपा सचिवालय बैठक बस्ने
खबर एक्सप्रेस
२०७७-०६-१६ १२:०७ मा प्रकाशित
Total Shares: 372
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि शनिबार सचिवालय बैठक बस्ने भएको हो ।
दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको छलफल भएको थियो । छलफलमा मन्त्रिमण्डल पुनर्गठन तथा सरकारले बिहीबार गरेको राजदूत नियुक्तिको निर्णयबारे कुरा भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस