काठमाडौं-महानगरपालिकामा तिहारमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले राती ९ बजे सम्म मात्र खेल्न अनुमति दिइएकामा यसबर्ष भने राती १ बजेसम्म खेल्न व्यवस्था मिलाईएको कामपाका मेयर बालेन शाहले जानकारी दिए ।

यस्तै, मेयर शाहले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था गरिएको र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन् ।