ओलीले गरे देउवासँग गोप्य भेटवार्ता
काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका छन् ।
नेकपा फुटको संघारमा पुगेकै वेला प्रधानमन्त्री ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति देउवासँग गरेको गोप्य भेटवार्तालाई राजनितिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब डेढ घन्टासम्म भएको उक्त भेटवार्तामा ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतले बताएको छ ।
आफूनिकट केन्द्रीय सदस्यहरूलाई लिएर बालुवाटार पुगेका देउवासँग प्रधानमन्त्री ओलीले बेग्लै छलफलसमेत गरेको बताइएको छ ।
भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस