काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन् ।

शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् । मस्कसँगको सम्बन्ध अन्त्य भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ।’

ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि आएको हो, जुन सामाजिक सञ्जालमा चर्किएको थियो।

मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको छ। यो विधेयक ट्रम्प प्रशासनको मुख्य घरेलु नीति हो।

एलन मस्कले ट्रम्पको चुनावी अभियानका लागि करोडौं डलर सहयोग गरेका थिए र ह्वाइट हाउसमा सल्लाहकारका रूपमा पनि काम गरेका थिए।