संसदीय समितिमा रहेका सबै विधेयक आगामी अधिवेशनमा पेश गर्न सभामुख घिमिरेको निर्देशन
खबर एक्सप्रेस
२०८१-०७-०६ ०२:२६ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन्।
संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरेले उक्त निर्देशन दिएका हुन्।
समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका छन् । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताए।
बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएका थिए । सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस