काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् ।

अर्थमन्त्री वाग्लेले बैठक आज बिहान ११ बजे अर्थ मन्त्रालयमा बस्नेगरि बोलाएका हुन् । 

बैठकमा मुख्य रूपमा राजश्व छली र चोरी रोकथाम, पैठारी नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनबारे छलफल हुने बताइएको छ । अर्थमन्त्री वाग्लेले यस विषयमा महत्त्वपूर्ण निर्देशन दिनेछन् ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन् ।