एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु,१७१ जनामा संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०८०-०१-०५ ०५:४८ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
१७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
फेसबुक पेज Like गर्नुहोस