काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार ११० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १४२ निर्वाचन क्षेत्रमा आज बेलुका ७:४५ बजेसम्म रास्वपाका उम्मेदवार ११०, नेपाली कांग्रेसका उम्मेदवार ११, नेकपा एमालेका १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ६ स्थानमा अगाडि छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी एक-एक र एक स्थानमा स्वतन्त्र अगाडि छन्। 

हालसम्म रास्वपाले तीन स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ।