एमाले अध्यक्ष केपी ओलीले गरे मतदान
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 5
भक्तपुर - पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
बालकोटमा रहेको घर जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हाल ओलीभक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।
ओली प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार समेत हुन्।
आज देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान कार्य जारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस