संवैधानिक परिषद् बैठक स्थगित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बिहीबार साँझ ६ बजेको लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगैजे बैठक बोलाएका थिए। यसअघिका बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।
फेसबुक पेज Like गर्नुहोस