मौसम विभागको विशेष बुलेटिनः बंगाल र अरबियन सागरबाट जलवाष्प युक्त हावा आउँदैछ
काठमाडौं - जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष मनसुन बुलेटिन-५ जारी गर्दै बंगालको खाडी र अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
साउन २ गतदेखि ४ गतेसम्म मनसुन न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने तथा बंगालको खाडी र अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
साथै, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केहि स्थानहरुमा र बाकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षार धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
यस अवधिमा देशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई सुझाएको छ ।
‘मौसम पूर्वानुमान महाशाखाले मनसुन निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।’विभागले भनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस