काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन् ।

मंगलबार बिहान उनी अदालतमा हाजिर भएका हुन् । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए ।

अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात् पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी ३ लाख धरौटीमा छुटेका छन् ।