काठमाडौं - नेकपाका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल राजनीतिक भेटवार्तामा व्यस्त भएको छ । सोमबार बानेश्वरको एभरेष्ट होटलमा चिनियाँ टोलीले अध्यक्ष नेपालसँग भेटवार्ता गरेको हो ।

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ टोली खुमलटार पुगेको थियो । चिनियाँ टोलीले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेको छ ।