काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।