कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभाका सांसदको अन्तरक्रिया कार्यक्रम सिंहदरबारमा
काठमाडौं - राष्ट्रिय सभामा नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षमा बसेको बैठकमा कांग्रेसका राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य सहभागी थिए।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । त्यसका लागि गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए ।
रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस