इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प
खबर एक्सप्रेस
२०७६-०९-१७ ११:०० मा प्रकाशित
Total Shares: 462
एजेन्सी - इरानमा बिहीबार बिहानै ५।८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो ।
भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस