कोरोनाविरूद्धका यी दुई खोपलाई भारतले दियो अनुमति
खबर एक्सप्रेस
२०७७-०९-१९ १२:२४ मा प्रकाशित
Total Shares: 413
काठमाडौं - भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् डीसीजीआईले दुईवटा खोपलाई स्वीकृति दिएकोमा खुशी व्यक्त गरेका छन् । उनले भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्याउनेसमेत बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस