मन्त्रिपरिषद् बैठक सर्यो, सचिवालय बैठक तोकिएकै समयमा
खबर एक्सप्रेस
२०७७-०८-०३ ११:४३ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक सारेका छन् ।
बुधबार दिउँसो एक बजेका लागि बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक र पार्टीको सचिवालय बैठकको समय जुधेपछि बैठक सारिएको स्रोतले बताएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । त्यसपछि एकैसमय बैठक बस्दा गलत सन्देश जाने भएकाले सो बैठक एक घण्टापछि सारेर २ बजे बस्ने जानकारी प्राप्त भएको एक मन्त्रीले बताए ।
यस्तै, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सचिवालय बैठक पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस