आज कति छ सुनचाँदीको मूल्य ?
खबर एक्सप्रेस
२०७८-०४-०१ ११:२७ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार चाँदी प्रतितोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस