भारतको ‘अपरेशन सिन्दूर’ : ३० जना पाकिस्तानी मारिएको दाबी
खबर एक्सप्रेस
२०८२-०१-२४ ०७:२९ मा प्रकाशित
Total Shares: 46
एजेन्सी - भारतको पाकिस्तानलक्षित सैन्य कारबाहीमा ३० जनाको मृत्यु भएको दाबी गरिएको छ । पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ ।
जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ । बुधबार बिहान बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो ।
हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको भारतीय पक्षको दाबी रहेको छ ।
बहावलपुरमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस