सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।
संकटमा घेरिएको मुलुकको राजनीतिका बीच अनेक अड्कल बाजी भइरहेका बेला प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
सचिवालय बैठकको समय सार्ने या नसार्ने भन्ने बारे कुनै औपचारिक निर्णय हुनुपूर्व नै मन्त्रिपरिषद् बैठक बोलाएर केन्द्रीय सचिवालयमा बहुमतमा रहेका प्रचण्ड–नेपाल पक्षसँग समर्पण नगर्ने संकेतका रुपमा यसलाई हेरिएको छ।
नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक डाकेको एक मन्त्रीले जानकारी दिए ।
ओली समूहले बहिस्कार गरे पनि सचिवालय बैठकमा जाने तयारी गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का लागि असहज परिस्थिति सिर्जना भएको छ।
फेसबुक पेज Like गर्नुहोस