काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।

उनी शुक्रबार भारत भ्रमणमा गएका थिए । शुक्रबार उनीसँग नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका थिए ।

शुक्रबार नै परराष्ट्रमन्त्री खनालसँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले शिष्टाचार भेट गरेका थिए ।

शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच वार्ता भएको थियो ।