काठमाडौं - चर्चित भारतीय चलचित्र अवार्ड आइफा नेपालमा आयोजना नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आईफा अवार्ड काठमाडौैंमा नगर्ने नेपाल पर्यटन बोर्डले जनाएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरेका हुन् । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहन्छ’, उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएपछि सरकार पछि हटेको छ ।