सिन्धुली –२ मा रास्वपाका आशिष गजुरेल विजयी
सिन्धुली - सिन्धुली २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गजरेलले १७ हजार ९४० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गरेका छन् ।
दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमा सांसद हुन् । तत्कालिन माओवादीको गढका रूपमा रहेको सिन्धुली - २ मा रास्वपाले जित हात परेको हो ।
यस्तै सिन्धुली २ मा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापा तेस्रो भएका छन् । उनले ११ हजार ६०६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सुशीला थिङ ६ हजार ७६० मतसहित चौथो भएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ सय ८६ मत प्राप्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस