सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०८०-०९-२६ ०५:०४ मा प्रकाशित
Total Shares: 88
काठमाडौं,सुनसरी-सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगलनजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।
जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो ।
विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
फेसबुक पेज Like गर्नुहोस