काठमाडौं - पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ  संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। 

आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।  हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्। 

त्यसैगरी  निकाे भएर ४६७ जना डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले जानकारी  दिए ।