काठमाडौं महानगरले आज २५ अर्ब ११ करोड बराबरको बजेट ल्याउँदै
खबर एक्सप्रेस
२०८२-०३-२९ ०८:१४ मा प्रकाशित
Total Shares: 82
काठमाडौं - काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।
गएको शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरेको थियो ।
उक्त कार्यपालिका बैठकमा मेयर बालेन शाहले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।
काठमाडौं महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस