मूल्यवृद्धि नियन्त्रणमै छ : मन्त्री भट्ट
काठमाडाैं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यवस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् ।
चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं वर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध वस्तु वाहेक खाद्यान्न लगाएत अन्य खाद्य वस्तु महङ्गो नभएको दावी गरेका हुन् ।
उनले अहिले नेपालको व्यापार घाटा घटाउने, निर्यातलाई बढाउने र लगानी भित्राउने विषयमा ध्यान केन्द्रीत रहेको उल्लेख गरे । आर्थिक क्षेत्रको प्रगती र देशलाई औधोगीकरणतर्फ अघि बढाउनका लागि नीति क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए ।
मन्त्री भट्टले आफुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेपछि करको क्षेत्रमा धेरै सुधार भएको समेत दावी गरे । आन्तरिक उत्पादनलाई बढावा दिनका लागि सरकारले कच्चा पदार्थको करको दर क्रमश घटाउदै लगिएको उनको भनाई छ ।
कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व बढाउनका लागि सरकारले भन्सार दर घटाउनुपर्ने र यसका लागि कारोबार मूल्यलाई आधार मान्नुपर्ने बताए ।
उनले छिमेकी राष्ट्र भारतमा समेत आयात दर घटाएको तर नेपालमा भने करको दर बढ्दै गएकाले व्यापारिहरु मर्कामा परेको धारणा राखे। कार्यक्रममा मन्त्री भट्टले चेम्वरको झण्डोतोलन गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस