कोरोनाका कारण नेपालमा थप १ को मृत्यु
काठमाडौं - कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँसेगाउँ निवासी २० वर्षीय पुरुषको आरडीटी चेक गर्दा नेगेटिभ आएको थियो ।
त्यसलगत्तै उनलाई घर पठाइए पनि बिहिबार बिहानै उनको मृत्यु भएको थियो । त्यसलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । जहाँ उनको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस