शर्तसहित लकडाउन खुकुलो बनाउने पक्षमा गृहमन्त्री थापा
खबर एक्सप्रेस
२०७७-०१-२३ ०५:१६ मा प्रकाशित
Total Shares: 359
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मंगलबार गृहमन्त्री थापाले लकडाउनले आर्थिक संकट बढाएको भन्दै शर्तसहित खुकुलो बनाउनुपर्ने धारणा राखेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन विश्वले नै उपायका रुपमा लकडाउनलाई अपनाए पनि यसले आर्थिक संकट निम्त्याएकाले अब शर्तसहित खोल्नुपर्छ गृहमन्त्री थाले भने । बेरोजगारीलगायतका समस्या देखिँदा मानिसहरु गाउँ फर्किन थालेको उनको भनाइ थियो ।
मन्त्री थापाले कोरोनाकै कारण आर्थिक संकट र सामाजिक एवं राजनीतिक असन्तोष निम्तिएको पनि बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस