बाजुरामा भूकम्पको अर्को धक्का महसुस
खबर एक्सप्रेस
२०८०-०१-२३ ०६:०८ मा प्रकाशित
Total Shares: 94
काठमाडौं-बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस