बझाङमा यार्सागुम्बा टिप्न गएका युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
खबर एक्सप्रेस
२०८०-०१-१८ ०१:५८ मा प्रकाशित
Total Shares: 94
काठमाडौं,कैलाली-बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–३ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस