सेयर बजारमा झिनो अंकको वृद्धि
काठमाडौं - बुधबार सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार परिसूचक नेप्से १ अंकले बढ्दा परिसूचक २ हजार ८७२ अंकमा पुगेको छ ।
आज ५ अर्ब ६५ करोडको सेयर किनबेच भएको छ । आज बैंकिङ ६, ब्यापार ११, विकास बैंक ११, निर्जीवन बीमा ८२, उत्पादन १५, अन्य १०, माइक्रोफाइनान्स १९ र जीवन बीमा ३२ अंकले घटेका छन् । होटल तथा पर्यटन ७, जलविद्युत ७४ र फाइनान्स समूह ३५ अंकले बढेको छ ।
आज हिमालय पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य ७.७, कालिका पावरको ७.१, एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको मूल्य ६.६ प्रतिशतले बढेको छ। रसुवागढी हाइड्रोपावरको मूल्य ५.९ र सान्जेनको मूल्य ५.७ प्रतिशतले बढेको छ ।
आज सूर्योदय लघुवित्तको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस