काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।

बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् । तर कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए ।

पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् ।

रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् । राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो।

त्यसपछि उनी आज बिहान पुनः उपचारका लागि ग्रान्डीमा भर्ना भएको नाउपाले जनाएको छ ।