प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 13
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको छ ।
आयोगले सोमबार ११० सांसद निर्वाचितको निर्णय गरेको हो । सांसदको सूची भने केहीबेरमा वेबसाइटमा प्रकाशन गर्ने तयारी रहेको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार/चार सिट पाएका थिए ।
दलहरूले समानुपातिक बन्दसूचीबाट सोहीअनुसार नाम आइतबार आयोगलाई बुझाएका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस