काठमाडौं, एजेन्सी - र्‍यापर तथा गायक बादशाह २ वर्षअघि आफ्नी पहिलो श्रीमती जस्मिनसँग अलग भएका थिए । सम्बन्धविच्छेदपछि र्‍यापरले अझै पनि आफूलाई एकलको ट्याग गरिरहेका छन् । तर, अहिले उनी पञ्जाबी अभिनेत्री ईशा रिखीसँग डेट गरिरहेको खबर आएको छ । यति मात्र होइन, बादशाहले करिब एक वर्षदेखि ईशालाई डेट गरिरहेको खबर छ तर आफ्नो व्यक्तिगत कारणले उनी यो सम्बन्धलाई गोप्य राख्न चाहन्छन् ।

र्‍यापर बादशाह केही दिनअघि नै वेब सिरिज फेब्युलस लाइभ्स अफ बलिउड विभ्समा देखा परेको आफैंले बताएका थिए । यो वेब सिरिजमा उनको क्यामियो थियो । कुराकानीका क्रममा बादशाहले आफूलाई सिंगल भनेका थिए । त्यसपछि बादशाहले करिब एक वर्षदेखि एक पञ्जाबी अभिनेत्रीसँग डेट गरिरहेको खबर आएको हो । पिंकभिल्लाको रिपोर्टका अनुसार दुवैले पहिलो पटक एकअर्कालाई साथीको पार्टीमा भेटेका थिए, त्यसपछि बादशाह ईशासँग सम्बन्धमा छन् ।

परिवारका सदस्यहरु निकै खुसी

मिडिया स्रोतको विश्वास गर्ने हो भने बादशाहले आफ्नो परिवारका सदस्यहरुलाई पनि सम्बन्धको बारेमा बताइसकेका छन् । उनको यो सम्बन्धबाट उनका परिवारका सदस्यहरु निकै खुसी छन् । तर, बादशाह आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न रुचाउँदैनन् । बादशाह पहिले नै विवाहित छन्। तर, आफ्नी श्रीमतीसँग पनि विवाद भएपछि दुवै छुट्टिए । सन् २०१९ मा यी दुईबीच झगडा भएको खबर आएको थियो, त्यसबेलादेखि दुवै अलग–अलग बसेका थिए । बादशाहको पहिलो पत्नीबाट एक छोरी पनि छिन् । सन् २०१७ मा उनीहरुको छोरी जेसी ग्रेस मसिह सिंहको जन्म भएको थियो । कोरोना महामारीपछि जस्मिन छोरीसँग लण्डन सरिन् ।