काठमाडौं,एजेन्सी-गत साता रिलिज भएको रणवीर कपुर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ ले रिलिजको ९ दिनमा विश्वभर ६६०.८९ करोड कमाएको छ ।

भारतमा फिल्मको कमाई ४ सय करोड नजिक पुगेको छ । यो जानकारी फिल्म निर्माण कम्पनी टी-सिरिजले दिएको हो ।

हिंसात्मक दृश्य र कथाका कारण आलोचनाको सामना गर्नुपरेको यो फिल्मले बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।

योसँगै फिल्मको कमाईले बक्स अफिसमा शाहरुख खानको सुपरहिट फिल्म जवानलाई पनि उछिनेको छ ।

शाहरुख खानको जवानले बक्स अफिसमा ६४०.४२ करोड कमाएको थियो भने गदर २ ले बक्स अफिसमा ५२५.५० करोड कमाएको थियो।

जहाँ शाहरुख खानको पठानले बक्स अफिसमा ५४३.२२ करोड कमाएको थियो ।