एजेन्सी - बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले भारतमा रहेका पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फर्काइदिन आग्रह गरेको छ ।

बंगलादेशको एक अभियोजन निकायले शेख हसिनामाथि मानवताविरुद्ध अपराध गरेको आरोप लगाउँदै मृत्युदण्डको फैसला सुनाएको थियो  । विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिना अहिले भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।

हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएर गरिएको पछिल्लो निर्वाचनमा बीएनपीले जित हासिल गरेको हो । आन्दोलनबाट बनेको अर्को पार्टी भने ६ सिटमै सीमित भएको छ ।

शेख हसिना र अवामी लिगले यो चुनाव अलोकतान्त्रिक भएको दाबी गरेका छन् । तर बीएनपीका नेता सलाहुद्दीन अहमदले भने अगस्ट २०२४ को जनआन्दोलनले नै अवामी लिगलाई जनताले अस्वीकार गरिसकेको बताए । 

सलाहुद्दीनले भने अवामी लिगलाई अगस्ट २०२४ को जनविद्रोहले नै खारेज गरिसकेको भन्दै उसले चुनावमा भाग नलिदैमा अलोकतान्त्रिक निर्वाचन नहुने बताएका छन् ।