काठमाडौं - नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक महिला बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला हुन् । उनको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पताललले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पेगेको छ ।