कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले सर्वत्र आलोचना भएपछि कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । निजी अस्पतालबारे भने केही निर्णय भएको छैन ।
यसअघि गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । त्यसपछि उक्त निर्णयको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।
फैसला पुनरावेदनका लागि सरकारले निवेदन दिए पनि सर्वोच्चले खारेज गरेको थियो । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस