काठमाडौं-नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तिव्र पारेका छन्।

काठमाडौ निर्वाचन क्षेत्र ५ का उम्मेदवार समेत रहेका पोखरेलले बुधबार टोखामा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै एमालेलाई देश निर्माणतर्फ अग्रसर राजनीतिक शक्ति भएको दाबी गरेका छन् । 

उनले भने- ‘फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउन देशभर एमालेको जित अत्यावश्यक छ ।’

मुलुकलाई विकासको मार्गमा अघि बढाउन आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

साथै उनले पार्टीका कार्यकर्ता तथा समर्थकलाई जनतामाझ पुगेर नीतिगत कार्यक्रम र एजेन्डाबारे जानकारी गराउन आग्रह गर्दै नागरिकका गुनासा, सुझाव र समस्यालाई प्राथमिकताका साथ सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।