धनगढीमा रास्वपाको वृहत् जनसभा आज, रवि–बालेन एउटै मञ्चमा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गर्दैछ । पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको उपस्थितिमा उद्घोष सभा हुन लागेको हो । धनगढी उपमहानगरपालिकास्थित पशुपति टोल (महोत्सव स्थल) मा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ। सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहित कार्यक्रम राखिएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन् भने बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार रहेका छन्।
यसअघि रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो। धनगढीको कार्यक्रममा सहभागी हुन रवि लामिछाने कञ्चनपुरबाट धनगढी आउँदैछन् भने बालेन काठमाडौँबाट धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस