काठमाडौं - सिन्धुली २ मा नेकपाका उम्मेदवार राजन दाहाल पराजित भएका छन्। रास्वपाका आशिष गजुरेल ३ हजार १६० मतले हराएका हुन्।
रास्वपाका गजुरेलले १७ हजार ९४० मत ल्याउँदा दाहालले १४ हजार ७८० मत ल्याए।
नेकपा एमालेका मनोज जंग थापाले ११ हजार ६०६ मत ल्याउँदा कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत ल्याइन्।
नेकपाबाट विद्रोह गरेर उम्मेदवारी दिएका महेश्वर दाहालले ५८६ मत पाए।

.gif)


