मलद्वारभित्र १ किलो सुन लुकाएर ल्याउने पक्राउ विमानस्थलबाट पक्राउ
खबर एक्सप्रेस
२०७८-१०-२० ०५:१२ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा– १० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी– ७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका– ३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्।
हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो।
फेसबुक पेज Like गर्नुहोस