काठमाडौं - विद्युतीय अपराध सजाय ऐन अन्तर्गत कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

अदालतले प्रसाईंसहित तीन जनाविरुद्ध गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि प्रहरीले आज मात्रै प्रसाईंलाई पक्राउ गरेको हो ।