काठमाडौं - चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित भएकी छिन् । नायिका लक्ष्मी बर्देवाले सो चलचित्रमा काम नगर्ने भएपछि केकी सो चलचित्रमा अनुबन्धित भएकी हुन् ।

लक्ष्मी बर्देवाअघि सो चलचित्रको लागि एलिजा गौतमलाई चयन गरिएको थियो । तर, उनले चलचित्रमा काम नगर्ने बताएपछि बर्देवालाई अनुबन्धन गरिएको थियो । बर्देवालाई राखेर शुभसाइत समेत गरिएको भए पनि उनले छोडेकी थिइन् ।

चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । उनी आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका हुन् ।